१४ कार्तिक २०८१, बुधबार | Thu Oct 31 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा क्यान्सरविरुद्धको जनचेतनाका लागि हाइकिङ



५ असार ०७९, भक्तपुर । नेपाल क्यान्सर सहयोग समूहले क्यान्सर रोगकाविरुद्ध जनचेतना जगाउन भक्तपुरमा हाइकिङ गरिएको छ ।

भक्तपुरको नगरकोटमा हाइकिङ कार्यक्रम गरिएको हो । काभ्रेको मण्डनदेउपुर नगरपालिका १ स्थित निभा होटलबाट नगरकोट बसपार्कसम्म झण्डै दुई किलोमिटरको यात्रामा हाइकिङ गरिएको हो । हाइकिङमा क्यासर विरुद्ध लडेर विजय प्राप्त पूर्व झण्डै तीन दर्जन क्यान्सर रोगीहरु रहेका थिए ।

नेपाल क्यान्सर सहयोग समूहका महासचिव गणेशभक्त श्रेष्ठले समूहले क्यान्सर रोगविरुद्ध निरन्तर जनचेतनामूलक कार्यक्रमहरु गरिरहेको जानकारी गराए । यही क्रममा भक्तपुरको नगरकोटबासीमा जनचेतना जगाउने उद्देश्यले कार्यक्रम गरिएको जानकारी उनले गराए ।

उनले क्यान्सर रोग लाग्न नदिन निरन्तर शरीर जाँंच गर्नुपर्ने र भइहालेमा नडराइकन क्यान्सर रोगको उपचार गरेर क्यान्सरलाई परास्त गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १० : ११ बजे