८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौंमा भेटिए दुई जना हैजाका बिरामी




५ जेठ ०७९, काठमाडौं । काठमाडौंमा दुई जनामा हैजा भेटिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई जनामा हैजा पुष्टि भएको जानकारी दिएको हो ।

उनीहरु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २ जेठमा भर्ना भएका थिए । १८ र २३ वर्षका उनीहरु काठमाडौं महानगरपालिका–२८ बागजारमा बसोबास गर्दै आएका एउटै परिवारका सदस्य भएको मन्त्रालयले जनाएको छ ।

गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजज्य रोगहरु फैलिने भएकाले सतर्क रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ । हैजा सम्बन्धि कुनै लक्षण देखिए तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

 

 

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १० : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।