६ असार ०७९, काठमाडौं । ललितपुर महानगरपालिका २ साचल डेरा गरी बस्ने भारत घर भएका पुष्पेन्द्र
सिंहको कोठाबाट नगद २ लाख नेपाली रुपैयाँ र ५० हजार भारतीय रुपैयाँ आइतबार
दिउँसो चोरी भएको छ । साथै सोही ठाउँ डेरा गरी बस्ने सिराहा धनगढिमाईन
नगरपालिका १ घर भएका उत्तिम चौधरीको कोठाबाट नगद १० हजार रुपैयाँ र १ तोला
सुनको सिक्री समेत गरी करिब १ लाख रुपैयाँ बराबरको धनाम चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
६ असार २०७९, सोमबार
0
Shares
प्रतिक्रिया