१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं महानगरका मेयर वालेनले माफी माग्दै सार्वजनिक गरे निर्वाचन खर्च विवरण




६ जेठ ०७८, काठमाडौं । काठमाडौं महानगरका मेयर वालेन शाहले माफी माग्दै निर्वाचनका क्रममा भएको खर्च विवरण सार्वजनिक गरेका छन् ।
उनले चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरनब्बे हजार चार सय उननब्बे रुपैयाँ भएको खर्च विवरण सार्वजनिक गरेका हुन् । जसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा धेरै खर्च भएको देखाइएको छ । उनले मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै नबनाई उम्मेदवारका लागि महंगो बनाइरहेको उल्येख गरेका छन् । उनले लेखेका छन्,‘यसमा सबैको ध्यान जान जरुरी छ ।’

उनले एउटा उम्मेदवारका रुपमा आफूले पाएको साथ र विश्वास संसारको सबै भन्दा शक्तिशाली कम्प्युटरले जस्तोसुकै तालिकामा कुनै पनि संख्या राखेर देखाउन नसक्ने उल्येख गरेका छन् ।उनले लेखेका छन्, ‘त्यो अमुल्य साथ र विश्वासले दिएको जिम्मेवारी पुरा गराउँन हामी हरसमय खटिरहनेछौँ ।’

यस्तो छ खर्च विवरण :

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १० : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।