१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुर गोल्मढीको बो सिंह पुनः शिलु महाद्यः मा स्थानान्तरण



भक्तपुर नगरपालिका दरबारस्क्वायर परिसरको पूर्वी चोकको उत्तरतर्फ रहेको ऐतिहासिक शिलु महादेव मन्दिरमा ३७१ वर्ष पुरानो बो सिंह अर्थात उड्ने सिंह पुनः स्थापना गर्ने क्रममा अवलोकन गर्दै भक्तपुरका नगर प्रमुख सुनिल प्रजापति । लेन्स : रमेश गिरी/रासस

७ असार ०७९, भक्तपुर । भक्तपुर नगरपालिका ७ गोल्मढीको गःहिटीको दायाँ र बायाँमा राखिएको बो सिंह पुनः शिलु महाद्यः मन्दिरमा स्थानान्तरण गरिएको छ ।
भक्तपुर नगरपालिका र स्मारक संरक्षण तथा दरवार हेरचाह अड्डाको संयुक्त पहल र स्थानीय जनताको सहभागितामा शनिबार उक्त बो सिंहहरु पुरानै ठाउँमा राख्नको लागि निकालिएको हो ।
शनिबार करिब १२ः०० बजे भक्तपुरको गोल्मढीका स्थानीय जनताले परम्परागत शैलीमा बाजागाजासहित गोल्मढीमा रहेको बो सिंहको मूर्ति पुनः शिलु महाद्यः मा स्थानान्तरण गरेका थिए ।
स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाले गोल्मढीको गःहिटीमा एक जोडी नयाँ बो सिंह पुनःस्थापन समेत गरेको थियो । उक्त बो सिंहहरु क्रेनको सहायताले झिकिएको थियो ।
न्युज कारखाना

 

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ६ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।