५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको कलंकीबाट डलर भन्दै कागजका टुक्रा दिएर रु आठ लाख ठगी गर्ने श्रेष्ठ पक्राउ




७ असार ०७९, काठमाडौं । डलर भन्दै कागजका टुक्रा दिएर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीको टोलीले जेठ १७ गते काठमाडौँ महानगरपालिका १४ कलङ्कीमा सिन्धुपाल्चोक सुनकोशीका ६२ वर्षीय एक व्यक्तिलाई ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसेका ३३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार आमा बिरामी भएको बहाना बनाइ डलर भनी कागजको टुक्रा दिएर ठगी गर्ने श्रेष्ठलाई कलङ्कीबाट पक्राउ गरिएको हो । “श्रेष्ठले पीडितसँग डलर भन्दै प्लाष्टिकको थैलीमा डलरको साइजमा काटिएका कागजका टुक्रा राखेर ठगी गरेको अनुसन्धानबाट खुलेको छ,” उनले भने ।
पक्राउ परेका श्रेष्ठलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २१ को २४९ को ठगी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रवक्ता मैनालीले बताएका छन् ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ७ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।