९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर महानगरद्वारा आफ्नै सरकारी संयन्त्रलाई बेवास्तापछि गरेपछि विवाद




९ असार ०७९, ललितपुर । महानगरपालिकाले आफ्नै सरकारी संयन्त्रलाई वेवास्ता गर्दै गैरसरकारी संस्थालाई भेटेरिनरी एम्बुलेन्स बाँडेपछि विवाद निस्केको छ ।
ललितपुर महानगरले पशु अधिकार क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था स्नेहाज केयरलाई भेटरिनरी एम्बुलेन्स हस्तान्तरण गरेपछि पशु सेवा विभागसँग विवाद बल्झेको हो ।
महानगरको पशु सेवा विभागले भने आफ्नै आफ्नै मातहतको निकायलाई बेवास्ता गर्दै एनजिओलाई सरकारी सम्पती सञ्चालन गर्न दिएको भन्दै असन्तुष्टि जनाएको छ ।
विभागका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. अमर रायले महानगरभित्रका पशुचौपायको व्यवस्थापन गर्न भनेर विभागमा कर्मचारी राखेको तर मेयर चिरिबाु महर्जनले आफ्नै कार्यालयको विभागलाई वेवास्ता गरेर गैरसरकारी संस्थालाई भेटेरिनरी एम्बुलेन्स दिएको कुरा आफूहरुलाई चित्त नबुझेको बताएका छन् । उनले ललितपुर महानगरपालिकासँग पशु सेवा विभागले भेटेरिनरी एम्बुलेन्स र पिकअप भ्यान माग्दा पनि बेवस्ता गरेको बताए ।
उनले महानगरकै पशु विभाग हेर्न कर्मचारीहरुसँग सल्लाह, समन्वय नगरी एनजिओलाई जनावर व्यवस्थापन गर्न जिम्मा दिनु आश्चर्यजनक रहेको बताए ।
ललितपुर महानगरले ४० लाख रुपैयाँमा किनेको गाडी भेटेरिनरी एम्बुलेन्सको रुपमा पशुचौपायको अस्तव्यस्तता सुधार गर्ने, घाइते जनावरको उद्दार गर्ने भन्दै व्यवस्थापनको जिम्मासहित स्नेहाजलाई प्रदान गरेको थियो ।
तर ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले मेयर महर्जनको निर्णयको बचाउ गरेका छन् । उनले पशु सेवा विभागको धेरै काम हेरेको र चित्तबुझ्दो काम गर्न नसकेको बताएका छन् ।
महानगरले आफ्नै मातहतको निकायलाई राम्ररी काम लगाउन नसकेको भन्दै कर्मचारीभित्र नै मेयर महर्जनको समन्वयकारी भूमिका प्रश्न उठाउने गरेका छन् ।

 

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ८ : २० बजे