३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


झण्डै ५ किलो हेरोइनसहित चार जना पक्राउ



९ असार ०७९, काठमाडौं । ४ किलो ९ सय ग्राम प्रतिबन्धित लागूऔषध हेरोइनसहित चार जना पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले तीन जना विदेशी नागरिकसहित एक नेपालीलाई नियन्त्रणमा लिएको हो।

असार २ गते साउथ अफ्रिकाबाट दुबई हुँदै काठमाडौं आएका ३० वर्षीय तान्जानियन नागरिकलाई लागूऔषध हेरोइनसहित नियन्त्रणमा लिइएको ब्यूरोले जनाएको छ । उनी बौद्धस्थित एक होटेलबाट हेरोइनसहित पक्राउ परेका हुन्।

ब्यूरोका अनुसार तान्जानियन नागरिक फ्लाई दुबईको उडानमार्फत दक्षिण अफ्रिकाको जोहान्सवर्गबाट दुबई हुँदै नेपाल आएका हुन् ।

पक्राउ पर्नेमा ४६ वर्षीय भारतीय नागरिक मुनिम सिंह, ४३ वर्षीय विक्रम जित सिंह र वीरगंजका ३० वर्षीय विक्की रौनियार रहेका छन्।

यसअघि ब्यूरोको टोलीले असार २ गते विदेशबाट हेरोइन बोकेर आएका ७ जना विदेशी नागरिकलाई पक्राउ गरेको थियो। प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ७ जना विदेशी महिलालाई पक्राउ गरेको थियो।

उनीहरूमाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम लागुऔषध हेरोइन मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ४ : ०२ बजे