
११ असार ०७९, ललितपुर । दक्षिण ललितपुरको वागमती गाँउपालिकाले गिम्दी स्थित चमेरे गुफाको प्रचार प्रसार गर्ने भएको छ । आर्थिक वर्ष ०७९ ८०को बजेट सार्वजनिक गर्दै गाँउपालिका अध्यक्ष विर बहादुर लोप्चनले गाउँपालिकाको पर्यटकीय क्षेत्रहरु गिम्दी चमेरे गुफा, माझखण्ड बुद्ध विहार तथा रुद्रेश्वर महादेवआदि क्षेत्र पर्यटकीय क्षेत्रहरुको खोज तथा पहिचान कार्य अगाडि बढाइ पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने कार्यक्रम राखिएको बताएका छन् । उनले गाउँपालिकाको वडा नं ७ स्थित मगर गाउँ होमस्टे र माझखण्डस्थित होमस्टेलाई थप व्यवस्थित गर्ने, अन्य ठाउँमा पनि होम स्टे सञ्चालनका सम्भावनाका ठाउँहरुको अध्ययन गरि होम स्टेको प्रवद्र्धन गरिदै लगिने कार्यक्रम बजेट मार्फत सार्वजनिक गरेका हुन् ।
गाँउपालिकाले आर्थिक वर्ष ०७९ ८०को लागि ६२ करोड ५५ लाख ६९ हजारबराबरको अनुमानित बजेट सार्वजनिक गरेका छन् ।
बजेटमा उल्येख भएअनुसार गाउँपालिकाले तामाङ जातीको बाहुल्यता भएकोले तामाङ भाषाको पाठ्यपुस्तक मातृभाषाको रुपमा यो वर्षदेखि नै आधारभूत विद्यालयहरुमा पठनपाठन शुरु गर्ने भएको छ । बजेटमा उल्येख भए अनुसार गाउँपालिकाको आन्तरिक स्रोत, प्रदेश सरकार तथा संघीय सरकारबाट प्राप्त हुने स्रोतबाट भुक्तानी हुने गरी सबै बालविकास सहजकर्ता र विद्यालय सहायक कर्मचारीहरुलाई मासिक रु १५ हजार र आधारभूत विद्यालय कक्षा ५ सम्मका विद्यालय सहयोगीका लागि मासिक १० हजार आधारभूत विद्यालय कक्षा ८ सम्मका विद्यालय सहयोगीका लागि मासिक ११ हजार र माध्यमिक विद्यालयका विद्यालय सहयोगीका लागि मासिक रु १३ हजार उपलब्ध गराउने भएको छ ।
गाँउपालिकाको दोश्रो गाँउसभामार्फत सार्वजनिक गरेको कार्यक्रम अनुसार वडा नं ४ मा गडिभञ्ज्याङ माथिल्लो सिम्ले देउराली लिफ्टिङ खानेपानी आयोजना सम्पन्न गरी यो वर्षदेखि नै सञ्चालनमा ल्याइने,तामाङ तथा घलेहरुको चाँड ल्होसार कार्यक्रम यस गाउँपालिकाको विभिन्न ठाउँहरुमा सञ्चालन गर्ने, गाउँपालिकाको वडा नं ४ स्थित खयारघारी प्युटारमा गाउँपालिकास्तरीय आधुनिक रंगशाला निर्माण सुरु गर्ने,आश्राङ, गिम्दी र माल्टाफाँट चिसापानीमा खेलकुद मैदानकोनिर्माण कार्य अगाडि बढाउने, गाउँपालिकाको ६० वर्षमाथिका एकल पुरुषहरु र ५० वर्षमाथिका अविवाहित महिला (एकल महिला) लाई मासिक रु १५ हजार को दरले सामाजिक सुरक्षा भत्ता प्रदान गरिँदै आएकोमा यस आर्थिक वर्षमा पनि निरन्तरता दिने, अन्यत्र ठाउँबाट यस गउँपालिकामा बसाइँसराई आउने परिवारलाई नगदसहित सम्मान गरिने नीति अनुसार परिवारलाई ५ हजार का दरले सम्मान गरिएको र उक्त सम्मान कार्यक्रमलाई यस आर्थिक वर्षमा पनि निरन्तरता दिने वैदेशिक रोजगारबाट फर्किएका युवा र महिला वर्गलाई लक्षित गरी कृषि तथा पशुपालनका लागि प्रोत्साहान, नगद अनुदान, कृषि सामग्री तथा औजारमा दिँदै आएका ५० प्रतिशत अनुदान लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिन,े प्युटारमा रहेको कोल्ड स्टोर सञ्चालन गर्न र वडा नं. ३ तीनपानेमा कृषि संकलन केन्द्र निर्माण कार्यको लागि पहल गर्ने, गाउँपालिकामा चुनढुङ्गा लगायत अन्य खानीहरु भएकाले खानीजन्य उद्योगहरु स्थापना तथा सञ्चालनको लागि सहजीकरण गर्ने
राडर क्षेत्रमा लाली गुराँस वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ । प्युटार गणेश ढुङ्गा सिंचाई, प्युटार लिफ्टिङ सिंचाई, माल्टा लिफ्टिङ सिंचाई, महांकाल खोल्सा सिंचाई जस्ता आदि सिंचाई आयोजनाहरु यो वर्षमा नै सञ्चालन सम्पन्न गर्ने,गाउँपालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रका बारेमा तथ्याङ्क संकलन गरी अभिलेख राख्ने पालिका अध्यक्ष लोप्चनले बजेटमार्फत सार्वजनिक गरेका छन् ।
११ असार २०७९, शनिबार
0
Shares







प्रतिक्रिया