३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोेदावरीमा फुलचोकी देविचौर पदमार्ग बन्ने



११ असार ०७९, चापागाँउ । गोदावरी नगरपालिकाले फुल्चोकी देविचौर पदमार्ग निर्माण गर्ने भएको छ ।
नगरपालिकामा आयोजित ११औं नगर सभामा उपमेयर मुना अधिकारीले बजेटमार्फत फुल्चोकी,देविचौर लेले र विशंखुनारायण जोडेर पर्यटकीय पदमार्ग बनाउने घोषणा गरेकी हुन् ।
गोदावरी नगरपालिकाले २ अर्व ३९ करोडको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
नगरपालिकामा आयोजित ११औं नगर सभामा उपमेयर मुना अधिकारीले बजेट प्रस्तुत गरेकी हुन् ।
उपमेयर अधिकारीले किसानलाई १० मेट्रि«क चुना वितरण गर्ने, विशंखु,देविचौर चापाखर्क र कोटडाँडामा होमस्टे संचालन गर्ने कार्यक्रम सार्वजनिक गरेकी छिन् ।
नगरपालिकाका अनुसार आगलागी नियन्त्रणका लागि दमकल खरिद प्रकृया सुरु गर्ने, हरेक वडामा पार्क निर्माण गर्ने,एक वडा एक शौचालय निर्माण गर्ने,लेले चापागाँउ गोदावरी सडकमा साइकल लेन अनिवार्य गर्ने नीति अवलम्बन गर्ने,यस आर्थिक बर्षमा १० किलोमिटर सडक कालोपत्रे गर्ने,जटिल रोग भएका नगरबासीलाई दिइदै आएको अनुदान २५ हजारबाट बढाएर ३५ हजार पु¥याएको छ ।
प्रत्येक वडामा रहेका दलित तथा विपन्नलाई एमविविएस वा इञ्जिनियरिङ अध्ययनका लागि छात्रबृत्ति दिने,सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई आजीवन ५ हजार मासिक भत्ता दिने,नगरभित्र बर्षको २ पल्ट हस्तकला प्रर्दशनी गर्ने नगरपालिकाद्वारा सार्वजनिक बजेट वक्तव्यमा उल्येख छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ७ : ४९ बजे