९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं उपत्यकाको ४ ठाँउमा श्रखलाबद्ध चोरी



स्केज: कोपिला दुलालललितपुर खबर

११ असार ०७९, काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन टोखा गीनल्याण्ड,महादेवटार,बबरमहल भक्तपुरको वालकोट र सूर्यविनायकलगायत ४ ठाउमा श्रृखलाबद्ध चोरी भएको छ ।
प्रहरीका अनुसार काठमाडौंको टोखा नगरपालिका ८ ग्रिनल्याण्ड डेरा गरी बस्ने गोरखा घर भएका ३३ वर्षीय ईश्वर दवाडीको कोठामा कोही नभएको अवस्थामा सुनका विभिन्न गरगहना तथा नगदसमेत गरी करिब ४ लाख ५ हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार राति चोरी भएको छ ।
यसैगरी काठमाडौंको टोखा नगरपालिका ११ माहादेवटार डेरा गरी बस्ने लमजुङ वेशिशहर घर भएकी पुर्णकला गुरुङ र सुमित्रा गुरुङको कोठामा कोही नभएको अवस्थामा ढोकाको ताल्चा फोडी नगद ३ लाख ५३ हजार रूपैयाँ, ४ तोला सुनको गरगहना, हिराको लकेट १ थान समेत गरी करिब ८ लाख रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका ११ बबरमहलस्थित भक्तपुर चाँगुनारायण नगरपालिका १ घर भएकी ३७ वर्षीया चन्द्र माया लिम्बुको पार्किङ गरेको बा.८८ प ६३८७ नम्बरको स्कुटरको डिकीबाट नगद ३ लाख रूपैयाँ शुक्रबार दिउँसो चोरी भएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका ९ भातेढिकुर बस्ने ४५ वर्षीय जगत खनालको सोही ठाउँस्थित जस्ताको टहरोमा सञ्चालन गरेको हिमालयन विक्की कार्यालयबाट करिब
१३ लाख रुपैयाँ मूल्य बराबरको बिजुलीको आरमोन केवल तार शुक्रबार दिउँसो चोरी भएको छ ।
यसैगरी भक्तपुरको सूर्यविनायक नगरपालिका २ वालकोट दुर्गामन्दिर नजिक बस्ने ४५ वर्षीय रुपेश विष्टको घरमा कोही नभएको अवस्थामा मेनगेटको ताला फुटाई नगद ८० हजार रूपैयाँ तथा सुनका विभिन्न गरगहनासमेत गरी करिब ११ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ९ : १७ बजे