३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरी नगरको बजेट दुई अर्ब ३७ करोड



११ असार ०७९, काठमाडौं । गोदावरी नगरपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकता दिएर दुई अर्ब ३७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

शुक्रबार नगरपालिकाको ११औँ नगरसभामा नगरपालिकाका उपप्रमुख मुना अधिकारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९र८० को बजेट तथा कार्यक्रममा पूर्वाधारमा ३५ करोड बजेट विनियोजन गरिएको छ ।
यस्तै प्रशासनिक खर्च ३० करोड तथा शिक्षातर्फ पाँच करोड र स्वास्थ्यतर्फ तीन करोड रुपैयाँ विनियोजन गरिएको छ । कृषिमा एक करोड ५० लाख, विपद् व्यवस्थापनमा एक करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ । मर्मत खर्च तीन करोड, टेक्निकल कलेज निर्माणमा चार करोड, ठेचो छम्पी खर्सी पुलका लागि चार करोड, खानेपानीमा चार करोड फोहोर व्यवस्थापनका लागि दुई करोड, सम्पदा पोखरी संरक्षणमा तीन करोड रुपैयाँ विनियोजन गरिएको छ ।

नीति तथा कार्यक्रमले कृषि, पर्यटन, उद्योगको एकीकृत विकास गर्दै समुन्नत र हरित सहरको निर्माण गरी सुखीरखुसी नगरका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापनलाई प्राथमिकता दिएको नीति कार्यक्रमले कृषि क्षेत्र र पर्यटन क्षेत्रको विकास तथा विस्तार एवं व्यवसायीकरण गर्ने उद्देश्य लिएको छ ।

 

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १० : ५० बजे