२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नवनियुक्त मन्त्रीहरूले लिए शपथ



१३ असार ०७९, काठमाडौं । नियुक्त नयाँ मन्त्रीहरूले शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार बिहान आयोजित कार्यक्रममा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानीप्रसाद खापुङ र शेरबहादुर कुँवरले मन्त्रीको शपथ लिएका हुन्। यस्तै, हिराचन्द्र केसीले राज्यमन्त्रीको शपथ लिएका छन्।

मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारी र राज्यमन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ दिलाए।
श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, चौधरीले शहरी विकास, खापुङले स्वास्थ्य तथा जनसंख्या, कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र केसीले स्वास्थ्य राज्यमन्त्रीको शपथ दिएका राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले बताए।

प्रधानमन्त्री देउवाले आइतबार साँझ कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत राख्दै एकीकृत समाजवादीले सिफारिस गरेकालाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।

 

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १२ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।