२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बाढीले डाइभर्सन बगाएपछी नारायणगढ बुटवल सडक खण्ड अवरुद्ध




१५ असार ०७८, चितवन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल खण्डमा पुल बनाउने क्रममा बनाइएको डाइभर्सन बाढीले बगाएपछी उक्त सडक खण्ड अवरुद्ध भएको छ ।
अविरल वर्षाका कारण स्थानीय खहरेखोलामा अहिले ठूलो बाढी आएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सिमाक्षेत्रमा पर्ने पुल निर्माणको क्रममा बनाइएका तीन वटा डाईभर्सन बाढीले बगाएको हो ।
विहान ६ वजेदेखि भएको सडक अवरुद्धका कारण पश्चिमतर्फ जाने र आउने सवारीसाधनहरु ठप्प भएका छन् । बाटो खुलाउनका लागि केहि समय लाग्ने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक जयराम पन्तले जानकारी दिए ।
न्युज कारखाना

 

Enter
Write to न्युज कारखाना

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ८ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।