२५ माघ २०८२, शनिबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोनाको रेसियो बढ्न थाल्यो, थप ६२ संक्रमित थपिए, काठमाडौंमा मात्रै ३९ जना



१५ असार ०७९, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६२ जना कोभिड–१९ संक्रमित थपिएका छन् । एक हजार ६२० वटा स्वाब नमुनाको परीक्षण गर्दा  ६२ जना कोभिड–१९ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा १९ जना संक्रमणमुक्त भएका छन् ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४५ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा ३९ र ललितपुरमा ६ जना संक्रमित देखिएका हुन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २६१ छ । २६१ जना सक्रिय संक्रमितमध्ये २५६ जना होम आइसोलेसनमा र पाँचजना  संस्थागत आइसोलेसन छन् । अस्पतालमा रहेका पाँचमध्ये एकजना आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो अवधिमा एक लाख ८४ हजार ५४५ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ५ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।