
१५ असार ०७९, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६२ जना कोभिड–१९ संक्रमित थपिएका छन् । एक हजार ६२० वटा स्वाब नमुनाको परीक्षण गर्दा ६२ जना कोभिड–१९ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा १९ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४५ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा ३९ र ललितपुरमा ६ जना संक्रमित देखिएका हुन् ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २६१ छ । २६१ जना सक्रिय संक्रमितमध्ये २५६ जना होम आइसोलेसनमा र पाँचजना संस्थागत आइसोलेसन छन् । अस्पतालमा रहेका पाँचमध्ये एकजना आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो अवधिमा एक लाख ८४ हजार ५४५ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।







प्रतिक्रिया