१५ असार ०७९, भक्तपुर । भक्तपुरमा घरको पर्खाल भत्किँएको छ । पर्खाल भत्किँदा एकजनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोलमा कान्छा श्रेष्ठको आँगनमा लगाइएको १२ फिट अग्लो कच्ची पर्खाल भत्किँदा बाटोमा हिँडिरहेकी ६६ वर्षीया नारायणदेवी थापाको मृत्यु भएको हो ।
लगातारको वर्षाका कारण माटो जमिन कमजोर भएर पर्खाल भत्किएको प्रहरीले जनाएको छ ।
१५ असार २०७९, बुधबार
0
Shares
प्रतिक्रिया