५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मध्यपुर ठिमीबाट ११ लाखको गहना चोरेर फरार




१६ असार ०७९, भक्तपुर । मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघर डेरा गरी बस्ने पाँचथर थाङवरक गाउँपालिका ४ घर भएका ३५ वर्षीय ज्ञान बहादुर दाहालको कोठाबाट करिब ११ लाख रुपैयाँ बराबरको विभिन्न सुनका गहना बुधबार राति चोरी भएको छ ।
उनको कोठामा कोही नभएको अवस्थामा ढोकाको ताला फोडी दराजबाट सुनका विभिन्न गहना चोरी गरेको प्रहरीले पिडितलाई उदृत गर्दै जानकारी दिएको छ । चोरीको सूचनापछि प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ९ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।