३ माघ २०८१, बिहिबार | Fri Jan 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा डाक्टर कुटेको आरोप लागेका प्रहरीविरुद्ध जाहेरी लिन नमानेको पीडितको गुनासो



१७ असार ०७९, ललितपुर ।  ललितपुरमा पैदल हिँडेका चिकित्सकलाई कुट्ने ट्राफिक प्रहरीविरुद्ध दिइएको जाहेरी प्रहरीले लिन नमानेको पीडित पक्षले गुनासो गरेको छ। आइतबार ड्यूटी सकेर पैदल हिँडिरहेका डा कुलबहादुर घिसिङलाई ललितपुर एकान्तकुना यातायातको बाटोमा ट्राफिक प्रहरी जवान राजेन्द्र थापाले कुटपिट गरेका थिए। उक्त घटनाका विषयमा जिल्ला प्रहरी परिसर ललितपुरमा जोहरी दिँदा प्रहरीले लिन नमानेको पीडित पक्षले बताएको छ।

परिसर प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले भने अंगभंगमा जाहेरी दिन खोजिएको, तर जोहरीमा उल्लेख भएअनुसार अंगभंग हुने गरी चोटपटक लागेको नदेखिएकाले कुटपिटमा जोहरी ल्याउन भनिएको बताए।

कुटपिट गरेको आरोप लागेका ट्राफि प्रहरी जवान थापा भने यसअघि नै निलम्बनमा परिसकेका छन्। डा घिसिङलाई कुटेको आरोपमा उनलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयले निलम्बन गरेको हो।

कुटपिट गर्ने प्रहरीलाई आवश्यक कारबाही गर्न र घाइतेलाई सुरक्षासहित उपचार खर्च दिलाउन माग गर्दै जोहरी दर्ता नभएको पीडित पक्षको भनाइ छ।

पुल्चोकस्थित आरोग्य फाउन्डेसनमा कार्यरत डाक्टर घिसिङ ड्यूटी सकेर पैदल घर फर्कने क्रममा एकान्तकुना यातायात कार्यालयको बाटोमा कुटपिट गरिएको उनीहरुले तयार पारेको निवेदनमा उल्लेख छ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ७ : ०४ बजे