१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा बजार अनुगमन, भाटभटेनी सुपरमार्केटलाई २० हजार जरिवाना



१७ असार ०७९, ललितपुर । ललितपुरको सातदोबाटोमा रहेको भाटभटेनी सुपरमार्केटलाई गुणस्तरहीन र मूल्य स्टिकर नटाँसिएका खाद्य सामग्री बिक्री गरेको भन्दै २० हजार जरिवाना भएको छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले १७ असारमा अनुगमन गर्दा मिति नाघेको रिलायन्स घ्यू ६ डिब्बा र जुनार एक प्याकेटमा मिति उल्लेख नभएको पाइएपछि कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरि पन्तले जानकारी दिए।

प्रशासन कार्यालयले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रहरी कार्यालय लगायतसहित अनुगमन गरेको हो।

अहिले काठमाडौं र ललितपुरका कही स्थानमा हैजा फैलिएको छ। खाद्यसामग्री कै कारण हैजा फैलिएपछि प्रशासन कार्यालयले डिपार्टमेन्टमा राखिएका ग्रोसरीहरु अनुगमन गरेको हो। पानीका जार, खाद्य सामग्री अनुगमन गरेको हो।

ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शरत थापाले जिल्लामा रहेका ठूला डिपार्टमेन्टहरुमा अनुगमन गरिएको बताए।
‘सहायक सीडीओ साबमार्फत आज अनुगमन भएको हो, हामी अन्य ठाउँहरु पनि अनुगमनम गर्दै छौँ,’ थापाले भने।

सरकारले देशभरका ठूला डिपाटैमेन्टमै अखाद्य पदार्थ बिक्री वितरण गरेको भन्दै अनुगमन गर्न निर्देशन दिएको थियो।

 

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १० : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।