४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरको प्युटारमा शौर्य सिंचाई परियोजना सञ्चालन हुँदै




१९ असार ०७९, ललितपुर । दक्षिण ललितपुरको प्युटारमा मिनर्जी नामको गैरसरकारी संस्थाको आर्थिक सहयोगमा सिंचाई परियोजना सञ्चालन हुने भएको छ ।
यस सिंचाई परियोजनाबाट स्थानीय ५५ घर परिवारको ३ सय रोपनी जग्गा सिंचाई हुनेछ ।
वागमती गाँउपालिकाका प्रवक्ता समेत रहेका स्थानीय दिपकघिमिरे समिरका अनुसार सौर्य प्रणलीमा आधारित यो परियोजना लिफ्ट प्रविधिबाट वागमतीको पानी करिव १ सय मिटर माथि तानेर सिंचाई गरिनेछ ।
प्युटारस्थित खैरेनीबेसी शौय सिंचाई आयोजना गर्दा यहाँको सुख्खा जमिनमा सिंचाई हुँदा किसानको आयस्तर बढ्नुको साथै कृषि पेसामा लाग्ने किसान खेती गर्न निकै सजिलो हुने कुरा बागमती गाँउपालिका ४ वडाध्यक्ष रामकुमार लामाले बताए । उनले भने, ‘वागमतीमा निरन्तर पानी बगिरहेको छ । तर गाँउपाखा सधै सुख्खा हुन्छ । स्थानीय किसानको समस्या समाधान गर्न हामीले सिंचाईको लागि नयाँ योजना ल्याएका छौं ।’
एनका अनुसार यस योजनाका लागि वागमती गाँउपालिकाको २० प्रतिशत लगानी हुनेछ भने बाँकी ८० प्रतिशत गैरसरकारी संस्था मिनर्जीले ब्योहर्ने छ । आगामी ७ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी फिल्डको सर्बे समेत सकेको छ । अब छिटै काम सम्पन्न हुने वागमती गाउपालिकाका अध्यक्ष वीर बहादुर लोप्चनले बताए ।
शौर्य सिंचाई प्रविधिका कारण लागत खर्च कम लाग्ने हुनाले किसानलाई लाभ हुनेछ । पालिकाले प्युटारमा तरकारी संकलन केन्द र हाट बजारको निर्माण गरिसकेको र चाँडै काठमाडौं तरकार विक्रि गर्न सझिलो हुने बताए ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ७ : ४१ बजे