१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बल्खुमा भ्यानले ठक्कर दिँदा छोराको मृत्यु, आमा घाइते



१९ असार ०७९, काठमाडौं । काठमाडौंको बल्खुमा भ्यानले ठक्कर दिँदा छोराको मृत्यु भएको छ । आमा घाइते भएकी छन् ।  मृत्यु हुनेमा भारत घर भएकी योगिता बन्सुरका ५ वर्षीय छोरा आयुष रहेका छन् । भ्यानको ठक्करबाट गम्भीर घाइते भएका बालकको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

योगिताको भने उपचार भइरहेको छ । बा १३ च ६४१९ नम्बरको भ्यानले आज बिहान पौने १२ बजे पैदल हिडिरहेका आमाछोरालाई एकैसाथ ठक्कर दिएको हो ।  सवारी साधनसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ४ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।