१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


धुलिखेलमा ओमिक्रोन भेरियन्टको बीए फाइभ पुष्टि



१९ असार ०७९, काठमाडौं ।  नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको उपप्रजाति बीए फाइभ भेटिएको पुष्टि भएको छ ।

पछिल्लो समय नेपालमा कोरोना भाइरस (काभिड–१९) का संक्रमितको सङ्ख्या बढ्दै जाँदा धुलिखेल अस्पतालमा अनुवांशिक परीक्षण गर्दा ओमिक्रानको भेरियन्टको उपप्रजाति बीए फाइभ पुष्टि भएको अस्पतालले जनाएको छ ।

धुलिखेल अस्पतालमा अनुवांशिक परीक्षण गर्दा ओमिक्रोनको उपप्रजाति बीए फाइभ पुष्टि भएपनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आधिकारीका जानकारी नआएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ६ : ३१ बजे