५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भालुको पित्तसहित जोरपाटीबाट दुई जना पक्राउ



१९ असार ०७९, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी, नयाँबस्तीबाट संरक्षित वन्यजन्तु भालुको पित्तसहित दुई जना पक्राउ परेका छन्।
अर्घाखाँचीको पाणिनी गाँउपालिका–२ बस्ने वर्ष ५३ का हरिओम रसाइली र रुपन्देहीको वुटवल उपमहानगरपालिका–३ बस्ने वर्ष ३२ को भजिन्द्र दर्जी भालुको पित्तसहित पक्राउ परेका प्रहरीले जनाएको हुन्।
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन हुन लागेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। जोरपाटी, नयाँबस्तीबाट पक्राउ परेका उनीहरुबाट प्रहरीले भालुको पित्त जस्तो देखिने कालो रंगको वस्तु ९आखेटोपहार० थान–२ बरामद गरेको जनाएको छ।

 

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  १० : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।