१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं महानगरको राजस्व ऐन २०७५ को संशोधन प्रस्ताव पारित




२२ असार ०७९, काठमाडौं । नगर सभामा पेश भएको काठमाडौँ महानगर राजस्व ऐन २०७५ को संशोधन प्रस्ताव पारित भएको छ । आज महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा सम्पन्न नगर सभा ११ औँ अधिवेशनको ५ औँ बैठकले संशोधन प्रस्ताव पारित गरेको हो । प्रस्तावका विषयमा नगर सभा सदस्यहरु सन्तोष ढुङ्गेल, अनिलबाबु श्रेष्ठ र आशा श्रेष्ठले धारणा राखेका थिए । सभामा आर्थिक बर्ष २०७९÷०८० को विस्तृत बजेट तथा कार्यक्रम पेश भएको छ । आजको कार्यसूचीमा विनियोजन विधेयक २०७९ सम्बन्धमा छलफल र पारित गर्ने विषय समावेश थियो । सभामा विस्तृत बजेट तथा कार्यक्रम पेश भएपछि असार २४ गते यसका विषयमा छलफल हुने गरी आजको बैठक स्थगित भएको छ ।
सभाले महानगरका निर्देशक दिपक अधिकारीलाई न्यायिक समितिको सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत तोकेको छ ।
असार १७ गते सम्पन्न अधिवेशनको चौथो बैठकले संशोधनसहित आर्थिक विधेयक पारित गरिसकेको छ ।
११ औँ अधिवेशनको पहिलो बैठक असार ५ गते बसेको थियो । बैठकमा प्रमुख शाहले आर्थिक बर्ष २०७९÷०८० का लागि वार्षिक नीति तथा कार्यक्रम पेश गरेका थिए । यो प्रस्ताव असार ७ गते बसेको सभाको दोस्रो बैठकले सर्वसम्मत पारित गरेको थियो ।
असार १० गते सम्पन्न सभाको बैठकमा उपप्रमुख सुनिता डंगोलले आर्थिक बर्ष २०७९÷०८० का लागि २५ अर्व ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको अनुमानित बजेट पेश गर्नुभएको थियो । त्यसै बैठकमा सभाका अध्यक्ष एवं महानगरका प्रमुख शाहले आर्थिक विधेयक र उपप्रमुख डंगोलले विनियोजन विधेयक पेश गरेकी थिइन् ।

यसरी पेश गरिएका विधेयकमध्ये असार १७ गते बसेको चौथो बैठकले आर्थिक विधेयक पारित गरिसकेको छ ।

 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ६ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।