२२ असार ०७९, ललितपुर । पिउने पानी उत्पादन र वितरण गर्ने ललितपुरको एक उद्योगलाई वाणिज्य विभागले ३ लाख रुपैयाँ जरिवाना गरेको छ । पाटन औद्योगिक क्षेत्रमा रहेको अन्नपूर्ण पानी उद्योगले उत्पादन गरेको पिउने पानी ल्याब परीक्षणका क्रममा न्यून गुणस्तरको रहेको पाइएको विभागका महानिर्देशक लिलाप्रसाद शर्माले जानकारी दिए ।
१० असारमा लिइएको नमुनाको परीक्षण पछिको नतिजामा १६ असारमा पाइए पछि विभागले कारबाही प्रक्रिया अघि बढाएको उनले बताए । पानी उद्योगमा शिलबन्दी गरेर थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।
प्रतिक्रिया