२४ असार ०७९, काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री सिन्जो अवेको निधन भएको छ । शुक्रबार विहान नारामा एउटा सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो ।
गोलीलागि गम्भिर घाइते भएका उनलाई उपचारका लागि नारा मेडिकल युनिभर्सिटीमा लगिएको थियो । स्थानीय समयअनुसार ५ बजेर ३ मिनेट जाँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । अत्याधिक रगत बहेका कारण उनको निधन भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया