५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


थलीमा युवकमाथि छुरा प्रहार, एक जना पक्राउ



२८ असार ०७९, काठमाडौं ।  प्रहरीले धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको तातोपानी नगरपालिका ४ घर भई कागेश्वरी मनोहरा नगरपालिका(५ थली बस्‍ने २७ वर्षीय दीपेश शाक्‍य रहेका प्रहरीले जनाएको छ ।

छुरा प्रहारबाट सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका १४ घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका ५ बस्‍ने २५ वर्षीय राजन श्रेष्ठ घाइते भएका छन् । उनलाई तत्कालै प्रहरी बृत्त बौद्धबाट प्रहरी अधिकृतसहितको प्रहरी टोलीले अस्पताल पुर्‍याएको छ ।

यस्तै छुरा प्रहार गरेको आरोपमा प्रहरी वृत्त बौद्धले दीपेश शाक्‍य पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले २४ सेन्टिमिटरको छुरा र छुरा लुकाइएको सिरानीको खोल प्रहरीले बरामद गरेको छ ।

 

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १० : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।