१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


नागार्जुनमा चितुवाको आक्रमणबाट एकैपरिवारका ४ सहित ५ जना घाइते



फाइल तस्बिर

३० असार ०७९,  नागार्जुन । नागार्जुनमा चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । नागार्जुन नगरपालिका–८ भीमढुंगा दर्शन खोलामा चितुवाको आक्रमणबाट एकै घरका चारजनासहित ५ जना घाइते भएका हुुन् ।

घाइते हुनेमा एकै परिवारका राम भट्टराई, सानीमैया भट्टराई, कुमार भट्टराई, सरस्वती भट्टराई र उनीहरुका छिमेकी सुविन भट्टराई छन् । लोकल कुखुरा पालेको छाप्रोमा चितुवा पसेपछि धपाउन जाँदा उनीहरुमाथि चितुवाले आक्रमण गरेको बुझिएको छ ।

घाइते ५ जनालाई उपचारको लागि राति नै मनमोहन अस्पताल पुर्याइएको थियो । उनीहरुमध्ये २ ३ जनाको उपचार भइरहेको छ भने २ जना डिस्चार्ज भइसकेका छन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  १२ : ४६ बजे