४ माघ २०८१, शुक्रबार | Sat Jan 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सानो भर्‍याङ यातायात व्यवस्था कार्यालयबाट ६ जना विचौलिया पक्राउ



३० असार ०७९,काठमाडौं । काठमाडौंको सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट ६ जना विचौलिया पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा उदयपुर जिल्लाको ताप्ली गाउँपालिका–२ घर भइ हाल काठमाडौंको बाफल बस्ने वर्ष २४ को अजय मगर, रौतहटको चन्द्रपुर नगरपालिका–१ घर भइ हाल बौद्ध बस्ने वर्ष ३३ को विश्‍व वल्लभ लामा र सोही स्थानमा घर भइ हाल बाफल बस्ने वर्ष २४ को सुवास योन्जन लामा रहेका छन्।
यस्तै, उदयपुर जिल्लाको उदयपुरगढी नगरपालिका–२ घर भइ हाल स्वयम्भु बस्ने सुरज भन्‍ने वीर बहादुर मगर, झापा मेचीनगर नगरपालिका–३ घर भइ हाल पेप्सीकोला बस्ने वर्ष २४ को विशाल उप्रेती र सर्लाहीको परवानीपुर नगरपालिका–१६ घर भइ हाल सितापाइला बस्ने वर्ष २४ को बिमल पुलामीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरुले सेवाग्राहीहरुलाई छिटो छरितो काम गरिदिने भन्दै जबरजस्ती सेवाग्राहीलाई तानेर बढी रकम अशुली गर्ने गरेका र सरकारी काम कारबाहीमा बाधा अवरोध गरी अनावश्यक दुःख हैरानी दिई अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ।
प्रहरी बृत्त स्वयम्भूबाट प्रहरी निरीक्षक समेतको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका ६ जनालाई मुलुकी फौजदारी अपराध ९संहिता० ऐन, २०७४ को दफा ११८ को ‘अभद्र व्यवहार गर्न नहुने’ कसूरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ८ : ३४ बजे