४ माघ २०८१, शुक्रबार | Sat Jan 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा साइकलिङ च्यालेन्ज




३१ असार ०७९, भक्तपुर । भक्तपुरमा साइकलिङ च्यालेन्ज हुने भएको छ । भक्तपुरका साइकलप्रेमीहरूको टीम साइकल कनेक्ट भक्तपुरले शनिबार साइकलिङ च्यालेन्ज गर्ने भएको हो ।
भक्तपुरलाई साइकलिङ गन्तव्य बनाउन र कोभिडको कारण ज्यान गुमाएका साइकलिष्ट यमलाल रसाइलीको परिवारलाई सहयोग रकम संकलन गरी कोष स्थापना गर्नका लागि सो कार्यक्रम गरिन लागेको आयोजकले जनाएको छ । सो च्यालेन्जलाई आयोजकले भक्तपुर कोरा २०२२ नाम दिइएको छ । त्यसनिमित्त आयोजकले ५०, ७५ र १ सय किलोमिटरका तीनवटा रूट तयार गरेका छन् ।
सो च्यालेन्ज अन्तर्गत हुने ५० किलोमिटरको च्यालेन्जमा आठ महिला र १ सय २० पुरूषसहित १ सय ३८, ७५ किलोमिटरको च्यालेन्जमा ४५ पुरूष र २ महिला गरि ४७ र १ सय किलोमिटरको च्यालेन्जमा पुरूषतर्फ १ ४ र ३ महिला गरि १ सय ७ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

कूल २८२ जना साइकलयात्रीको सहभागिता रहने कार्यक्रम संयोजक सुनिल ख्याजूले बताए । साइकल यात्रा भक्तपुरको दरबार क्षेत्रबाट सुरू हुनेछ । यात्रा अन्तर्गत दरबार क्षेत्रबाट सिद्धपोखरी( निकोशेरा, बहाखा बजार, बोडे, निलबाराही, वेशीगाउँ, दुवाकोट, चाँगुनारायण, त्रिशूल डाँडा, तेलकोट, नगरकोट, थाकलमाथ, खावा, नाला गुम्बा, भंगाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डुफ गाम्चा, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि हुँदै पुन भक्तपुर दरबार क्षेत्रमा समापन हुनेछ ।
च्यालेन्जमा भक्तपुर, काठमाडौं, ललितपुर, बनेपा, पनौती, पोखरा, तनहुँ, धरानलगायतका शहरहरूबाट साइकलयात्री सहभागी हुने आयोजकले जनाएको छ । च्यालेन्जलाई भक्तपुरको भिलेज हाईल्यान्ड रिसोर्ट, नेपाल इको प्यानललगायतले आर्थिक सहयोग गरेका छन् । न्युज कारखाना

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १० : १६ बजे