८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


उपेन्द्रपक्षले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेको बाबुरामको आरोप




३१ असार ०७९, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराइले आफूहरुको सामू पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै डा भट्टराईले पार्टी नेताहलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गरेका छन् ।
उनले उपेन्द्र यादव पक्षले पार्टीलाई एकताब्द्ध बनाउन पहल नगरेर स्वेच्छाचारी ढंगबाट अवैधानिक अराजकनीतिक र अनतिक रुपमा आफू लगायत केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई पदमुक्त गरको घोषणाको घोर भर्त्सना गर्दै कारबाहीको निर्णयको खारेजी गरको जनाएका छन् ।
आफ्नो अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले पार्टी रुपमान्तरणका लागि अन्तिमसम्म प्रयत्न गरेको उनले दाबी गरेका छन् ।

 

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ७ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।