१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ठेचोको १२ वर्षे जात्राका लागि गोदावरी नगरले दियो ५० लाख रुपैयाँ




३२ असार ०७९, ललितपुर । ललितपुरको ठेचोमा हरेक १२ बर्षमा मनाइने नवदुर्गा भवानी देवि नाचको १२ वर्षे जात्राका लागि गोदावरी नगरपालिकाले ५० लाख दिएको गरेको छ ।
शनिबार आयोजित एक कार्यक्रममा नगरपालिकाका मेयर गजेन्द्र महर्जनले मेला व्यवस्थापन समितीलाई चेक हस्तान्तरण गरे ।
नवदुर्गा नाच बाङ्य कमिटी अध्यक्ष प्रशान्त मालीले गोदावरी नगरपालिकाले उपलव्ध गराएको रकमले १२ वर्षे मेला सञ्चालन गर्न सmिभलो भएको बताए । उनले भने,‘हाम्रो न्युनतम आकलन अनुसार अझैं २६ लाख पुग्दैन । सहयोग जुटाउने कोसिस गर्दैछौं ।’
नगरपालिकाका मेयर महर्जनले जात्रामा आउने आगन्तुकलाई सत्कार गर्न र गाँउ सफा सुग्घर राख्न आग्रह गरे ।
नगरपालिकाको १२नम्बरका वडाध्यक्ष जगतबहादुर महर्जनले विभिन्न कमिटी बनाएर जात्राको तयारीमा लाग्न अनुरोध गरे ।
यही साउन १० गतेदेखि सुरु हुने जात्रा आउँदो फागुनसम्म सञ्चालन हुने कार्यक्रममा जानकारी दिइएको थियो । जात्रा अवधिभर २८ वटा पुजा हुनेछन् भने ठेचो र सुनाकोठीबासीका लागि भोज खुवाइदैछ ।

 

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  १ : ११ बजे