१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरको दुवकोटमा घरभित्रै जलाइएको अवस्थामा शव फेला




३२ असार ०७९, भक्तपुर । चाँगुनारायण नगरपालिका २ दुवाकोट फक्सिङटार बस्ने ८४ वर्षीय जगतप्रसाद शिल्पकारको शव जलेको अवस्थामा फेला परेको छ ।
आफ्नै घरको भुइँतलाको कोठामा कम्मरदेखि माथिको भाग जलेर मृत्यु भइरहेको अवस्थामा शव भेटिएको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिएका छन् ।
प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज पठाएर घटनाबारे थप अनुसन्धान गरिरहेको उनले बताए ।
शव परिक्षणपछि बिस्तृत जानकारी दिन सकिने बताइएको छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ३ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।