५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


केशव स्थापितले बालेन शाहलाई भने, ‘फोटो खिचाएर कही पुगिदैन’




३२ असार ०७९, काठमाडौं । नेकपा एमाले नेता तथा काठमाडौं महानगरपालिकाका पुर्व मेयर केशव स्थापितले वालेन शाहलाई घर पिच्छे पुगेर फोटो खिचेर कही नपुग्ने सुझाव दिएका छन ।
केही दिन अघि आफनो निवासमा पुगेका हालका मेयर शाह आफुसँगको भेटमा सुन्ने मुडमा नभएको पनि स्थापितले खुलाएका छन ।
‘मेरो फोटो खिचेर, केशव स्थापितकहाँ गएर मैले ज्ञानगुन लिएँ भन्न पर्दैन, घरैपिच्छे डुल्ने अनि फोटो पोस्ट गर्ने कामले महानगरलाई कहीँ पु¥याउँदैन,’ स्थापितले भनेका छन, ‘काठमाडौंले यस्तो मान्छे खोजेको होइन। मैले बालेनलाई सुन्ने मुडमा चाहिँ देखिनँ, ऊ भरिभराउ भएर आएको थियो।“
स्थापितका अनुसार मेयर साह मिडियाका लागि भेटन आएको जस्तो देखिन्थे । ‘ यसो फोटो खिच्ने, मिडियामा हाल्ने मुड देखिन्थ्यो। यसरी नै काम गर्ने हो भने तिमीले काठमाडौं बिगार्छौ भनेको छु। मैले उसलाई सबभन्दा पहिला फोहोरमैलाको समस्या समाधान गर्न भनेको छु।’ न्युज कारखाना

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  १० : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।