७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ट्रक र स्कारपियो ठोक्किँदा सात घाइते



फाइल तस्बिर

३२ असार ०७९, चितवन । नारायगढ मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका २९ केराबारीमा ट्रक र स्कारपियो एकआपसमा ठक्कर खाँदा सातजना घाइते भएका छन् । घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको छ ।
नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख २७७२ नम्बरको ट्रकले आज साँझ विपरीत दिशाबाट आउँदै गरेको ग २ च ३५१२ नम्बरको स्कारपियोलाई ठक्कर दिँदा स्कारपियोमा सवार चालकसहित सात घाइते भएका हुन् ।
घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ११ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।