१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा बढ्न थाल्यो गर्मी



१ साउन, ०७९, काठमाडौं । पछिल्लो केहिदिनयता देशभर गर्मी बढ्दो क्रममा रहेको छ । राम्ररी हावा नचल्दा र पानी नपरेकाले गर्मी बढेको हो । पानी पार्ने न्यून चापीय रेखा नेपालबाट टाढा रहेकाले एक हप्तायता देशभर गर्मी बढ्दा नागरिकको जनजीवन प्रभावित भएको छ ।

तराई क्षेत्रको जनजीवन गर्मीले अझ अस्तव्यस्त भएको छ । अघिल्ला वर्षहरूमा भन्दा यो वर्ष काठमाडौं उपत्यकासहितका पहाडी क्षेत्रमा अत्यधिक गर्मी महसुस भएको छ । गर्मीका कारण दैनिक कामका लागि घरबाहिर निस्कन पनि समस्या भएको छ । बजारमा मानिसको चहलपहल कम हुन थालेको छ ।

काठमाडौंमा आइतबार दिउँसोको तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको छ । यस्तै आज विराटनगरको तापक्रम ३४ दशमलव ९, भैरहवा र वीरेन्द्रनगरको ३७ तथा दिपायलको ३६ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ३ : १६ बजे