१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंका सडक बालबालिकाको भारतमा तस्करी, मिर्गौला झिकेर बेचेको आरोपमा पाँच जना पक्राउ



१ साउन, ०७९, काठमाडौं । सडक बालबालिकाको मिर्गौला झिकेर बेचेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका धुपेन्द्र शाही तथा विमलबहादुर शाही र झापाका आशिष तामाङलाई पक्राउ गरेको हो । उनीहरूले काठमाडौंका सडक बालबालिकालाई फकाएर भारत लगी उनीहरूको मिर्गौला झिकेर बेचेको पाइएको प्रहरीले जनाएको छ ।

भारतमा गएर मिर्गौला दान गरेबापत जनही पाँच लाख नगद र एउटा नयाँ मोबाइल सेट दिने प्रलोभनमा पारि सडक बालबालिकालाई भारत लैजाने तयारी भइरहेको सुराकी पाएपछि उनीहरूलाई गएको असार २८ गते काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।

उनीहरूमाथी थप अनुसन्धान भइरहेको र यस्ता अपराधको थप जालो पत्ता लाग्न सक्ने सीआईबीले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ३ : २८ बजे