१ साउन ०७९, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले निर्माण गरेको ललितपुर स्थित शंखमूल पार्कमा आज सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा पूर्वमुख्यसचिव लीलामणि पौड्याल, ललितपुर महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजु महर्जन, गैरआवासीय नेपाली संङ्घका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष बद्री केसी लगायतको उपस्थिती रहेको थियो ।
सरसफाइ पश्चात शुभकामना मन्तव्य दिदै अध्यक्ष डा बद्री केसीले ललितपुरबासीप्रति आभार प्रकट गरेका थिए ।
ललितपुर महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजु महर्जनले विगत तीन वर्षदेखि गैरआवासीय नेपाली संघले बनाएको पार्कको संरक्षणको जिम्मा वडा नम्बर ९ ले गर्दै आएको र आफ्नो स्रोत साधनले भ्याएसम्म संरक्षण गरिरहने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बोल्दै उनले शंखमूल पार्क स्तरोन्तिका साथै शौचालयको लागि महानगरपालिकाबाट दुई करोड बजेट पास भइसकेको जानकारी दिएका थिए ।
पूर्वमुख्यसचिव लिलामणी पौड्यालले पार्क बनाउन सहयोग गर्ने गैरआवासीय नेपाली संङ्घका पदाधिकारीलाई धन्यबाद दिएका थिए ।
गैरआवासीय नेपाली संघले तत्कालीन उपाध्यक्ष कुल आचार्यको संयोजकत्वमा करिब ३२ रोपनी जग्गामा निर्माण गरेको उक्त पार्क ३ करोड २ लाख ५९ हजार १ सय ५५ रुपैयाँमा निर्माण भएको थियो ।
प्रतिक्रिया