७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अपांगता भएकी युवती बलात्कार आरोपमा दुईजना पक्राउ




१ साउन ०७९, बैतडी । बैतडीमा अपांगता भएकी युवती बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । दोगडाकेदार गाउँपालिका–४ की २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा दोगडाकेदार–४ का ५१ वर्षीय गोपीराम चुनारा र ३२ वर्षीय ललित चुनारा छन् । उनीहरूले २७ असार दिउँसो युवतीलाई फकाएर गोठमा लगी बलत्कार गरेको पीडितका आफन्तले बताएका छन् ।
पीडित युवतीको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले बताए ।
गत साता मात्रै पुर्चौडी नगरपालिकास्थित पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुखले मजदुर महिलालाई बलात्कार गरेको घटना बाहिर आएको थियो । उक्त घटनाका विषयमा अनुसन्धान जारी छ । क्याम्पस प्रमुखले पदबाट राजीनामा दिइसकेका छन् । न्युज कारखाना

 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ६ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।