१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


‘पुर्ख्यौली व्यवसाय प्रवर्द्धनमा सहयोग गर्छु’




२ साउन ०७९, भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले पुर्ख्यौली पेशा, व्यवसाय प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
सांस्कृतिक महत्त्व बोकेको लाय्कू साः (पुर्ख्यौली प्रविधिमा आधारित तोरीको तेल बनाउने कारखाना) भवनको उद्घाटन गर्दै मेयर श्रेष्ठले लोप हुने अवस्थामा पुगेको मौलिक पेशालाई संरक्षण र प्रवर्द्धन गर्न नगरपालिकाको विशेष सहयोग रहने बताए ।
उनले सिवा साय्मी खलःको नेतृत्वमा पुनर्निर्माण सम्पन्न भएको भवनलाई खलःकै नाममा स्थायी लालपूर्जा बनाइदिनेसमेत आश्वासनसमेत दिए । मानन्धर समुदायको पुर्ख्यौली पेशाको रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने घरेलु उद्योगलाई पुनर्उत्थान गर्नुपर्ने सन्दर्भमा सामूहिक लगानीमा कम्पनीको रूपमा विकास गर्ने अभियानको थालनी भएको हो ।
भक्तपुर चेम्बर अफ कमर्स र जिल्लाका विभिन्न ठाउँमा सघन रुपमा बस्दै आएका मानन्धरहरुले यस अभियानमा साथ दिइरहेका छन् ।

 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ८ : ५१ बजे