१४ पुस २०८२, सोमबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चावहिल कस्तुरीको बीना प्रकरणः कुटपिटको बदला लिन प्रहरीको दुरुपयोग गरेको निस्कर्ष



२ साउन ०७९, काठमाडौं । काठमाडौं मोटरसाइकलमा कस्तुरीको बीना राखेर फसाउन खोजेको घटनामा प्रहरीको संलग्नता नरहेको छानबिन समितिले निष्कर्ष निकालेको छ।
गत असार २३ गते साँझ कस्तुरीको बीनासहित चाबहिलबाट पाँचथरका शिव लिम्बू पक्राउ परेका थिए। उनले प्रयोग गर्ने बा ८२ प ५७९ नम्बरको बुलेट मोटरसाइकलको सिटमुनि कस्तुरीको बीना जस्तो देखिने वस्तु फेला परेको थियो।

प्रहरीले सूचना पाएपछि शिवलाई त्यही साँझ पक्राउ गरेको थियो। पक्राउ गर्ने बेला शिवले आफूलाई फसाउन खोजेको बताएका थिए।

तर प्रहरीले उनलाई नछाडी कारबाही अगाडी बढाएको थियो। पछि शिवलाई फसाउन प्रहरी नै संलग्न रहेको आरोप लागेको थियो। त्यसपछि प्रहरीले छानविन समिति बनाएको थियो।

एसपी दिलिप घिमिरे नेतृत्वको समितिले प्रहरीको संलग्नता नरहेको प्रतिवेदन उपत्यका प्रहरी कार्यालयमा बुझाएको हो।

सुवास भन्ने आदम राई र शिव लिम्बूबीच पूरानो विवाद रहेको खुलेको छ। त्यही विषयलाई लिएर आदम राईले फसाउन खोजेको समितिको निष्कर्ष छ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ३ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।