२ साउन ०७९, काठमाडौं । शङ्खरापुर नगरपालिका ल३ साँखुको वनमा मानव कङ्काल फेला परेको छ । खहरे खोला नजिकै फेदीको वनमा उक्त कङ्काल फेला परेको हो । मानव कङ्काल देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
महानगरीय प्रहरी वृत्त बौद्ध र अपराध अनुसन्धानको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरिक्षक दिनेशराज मैनालीले बताए । घटनाबारे अनुसन्धानपछि थप कुरा खुल्ने पनि प्रहरीले जनाएको छ । रासस
२ श्रावण २०७९, सोमबार
0
Shares
प्रतिक्रिया