१४ पुस २०८२, सोमबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


विष्णुमती र धोबीखोला जलाधारमा भारी वर्षा, सतर्क रहन आग्रह



२ साउन ०७९, काठमाडौं । काठमाडौंको विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा भएको भन्‍दै सरकारले सतर्क रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पुर्वानुमान महाशाखाले सोमबार दिउँसो सूचना जारी गर्दै धोवी खोला र विष्णुमतीको पानी बस्ती र सडकसम्‍मा आउन सक्‍ने भएकाले साँझ तटीय क्षेत्रमा उच्‍चा सतर्कता अपनाउन आग्रह गरेको हो । ‘काठमाडौंको विष्णुमती र धोबीखोलामा जलाधारमा भारी वर्षा भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आज साँझसम्‍म तटीय क्षेत्रमा उच्‍च सतर्कता अपनाऔं ।’

महाशाखाका अनुसार विष्णुमती गंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह करिब १.५ मिलिमिटरले बढेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ६ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।