१४ पुस २०८२, सोमबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको धुम्बारहीमा एकै दिन दुई ठाँउमा चोरी




३ साउन ०७९, काठमाडौं । काठमाडौंको धुमबाराहीमा एकै दिन दुई ठाँउमा चोरी भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ४ धुम्बाराही प्रगती टोल बस्ने प्रदिप धमलाको घरबाट कोही नभएको अवस्थामा ढोका फोडी नगद २ लाख रूपैयाँ, सुन चाँदीका विभिन्न गरगहना समेत गरी करिब ५ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका ४ धुम्बाराही डेरा गरी बस्ने ७४ वर्षीय हरिराज शर्माको कोठामा कोही नभएको अवस्थामा ताल्चा फुटाई नगद ३० हजार रूपैयाँ तथा सुनचाँदीको विभिन्न गरगहना समेत गरी करिब ७ लाख ९४ हजार रूपैयाँ बराबरको धनमाल दिउँसो चोरी भएको छ । घटनाहरुका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ९ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।