४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


एकै दिनमा संसारमा थपिए करिव ८ लाख कोरोनाका नयाँ संक्रमित




५ साउन ०७९, काठमाडौं । पछिल्लो चौबिस घण्टामा विश्वमा कोरोना भाइरसका ७ लाख ९१ हजार ४७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ५७ करोड ४ लाख ८७ हजार ८ सय ८९ पुगेको छ ।
वल्डोमिटर्सका अनुसार बितेको चौबिस घण्टामा अमेरिकामा १ लाख ५ हजार ४७५ जना नयाँ संक्रमित थपिएका छन् ।
यस्तै, सोही समयमा ब्राजिलमा ५६ हजार २ सय ५४, भारतमा १६ हजार ४३, फ्रान्समा ८९ हजार ९ सय ८२, इटालीमा ८६ हजार ६७ र दक्षिण कोरियामा ७६ हजार ३७८ जना नयाँ संक्रमित थपिएका छन् ।
कोरोना भाइरस संक्रमणका कारण पछिल्लो चौबिस घण्टामा विश्वमा १ हजार ६२७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ६३ लाख ९३ हजार ८ सय ७५ पुगेको छ ।
विश्वमा कोरोना संक्रमित भएकामध्ये हालसम्म ५४ करोड १५ लाख २५ हजार ९ सय ६२ जना निको भइसकेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ६ : ५९ बजे