५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महानगरको मेट्रिक ठेगाना प्रणाली विवादमा



६ साउन ०७९, ललितपुर । ललितपुर महानगरपालिकाको मेट्रिक ठेगाना प्रणाली विवादमा परेको छ । ललितपुर महानगरपालिकाले मेट्रिक प्रणालीमा आधारित घर नम्बर राखेबापत १ हजार रुपैयाँ शुल्क उठाउन थालेपछि सामाजिक सञ्जालमा महानगरको निर्णयको विरोध भएको छ ।

वडा नम्बर ३ मा गत वर्ष नै घर नम्बर जडान गरेको महानगरले सबै वडामा एकसाथ प्लेट जडानको काम गरिरहेको छ । महानगरपालिकाले सम्पत्ति कर चुक्ता गर्दा घर नम्बर प्लेटबापतको रकम पनि अनिवार्य बुझाउनुपर्ने गरी सूचना प्रकाशित गरेपछि विरोध सुरु भएको हो ।

साधारण प्लेट जोड्न समेत १ हजार रुपैयाँ शुल्क लिएपछि स्थनीयले निर्णयको आलोचना गरेका हुन् । ललितपुर महानगरका प्रवक्ता राजु महर्जन ३ नम्बर वडाका सबै घरमा नम्बर प्लेट जडान भएर शुल्क समेत उठाइसकिएको बताए ।

महानगरपालिकाले निर्णय पुनरावलोकन गर्ने भन्दै शुक्रबार सूचना निकालेर कर चुक्ता गर्दा घर नम्बर प्लेटबापतको रकम पनि अनिवार्य बुझाउनुपर्ने व्यवस्था स्थगित गरेको बताएको छ ।

 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ३ : २८ बजे