१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा पनि बढ्न थाले कोरोना संक्रमित, शनिबार ३८ जनामा संक्रमण



७ साउन ०७९, ललितपुर । पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ९९६ नमुना परीक्षणमा ३३५ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ८८ पीसीआर परीक्षणमा २१६ र एक हजार ९०८ एन्टिजेन परीक्षणमा ११९ गरी ३३५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८६ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ९७१ रहेको छ । सक्रिय संक्रमितमध्ये दुई हजार ८३२ जना होम आइसोलेसनमा र १३९ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २५ जना आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा काठमाडौंमा १०८, ललितपुरमा ३८, मोरङमा १८, चितवनमा ६, धनुषामा १२, भक्तपुरमा ५, सुनसरी, कास्की र नवलपरासी पूर्वमा ४–४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ६ : १२ बजे