४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा भेटिए मंकीपक्सका थप संक्रमित



८ साउन ०७९, नयाँ दिल्ली । दिल्लीमा मंकीपक्सका नयाँ संक्रमित भेटिएका छन् । दिल्लीका ३१ वर्षीय पुरुषमा आईतबार मंकीपक्स संक्रमण देखिएको हो । उनमा विदेश भ्रमण गरेको कुनै ट्राभल हिस्ट्री नभेटिएको जनाइएको छ । पश्चिमी दिल्लीका उनलाई अस्पताल भर्ना गरिएको छ । योसँगै भारतमा अहिलेसम्म मंकीपक्सका चार जना संक्रमित भेटिएका छन् ।

मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । संसारभरका ७५ देशमाफैलिएपछि डब्लूएचओले मंकीपक्सलाई विश्व स्वास्थ्य आपत्काल घोषणा गरेको हो ।

विश्व स्वास्थ्य संगठन महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसले ७५ देशमा १६ हजारभन्दा  धेरै केस रिपोर्ट गरिएको बताए । उनका अनुसार महामारीका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ ।

मंकीपक्सबाहेक अहिले कोभिड र पोलिओ उन्मुलनसम्बन्धी अन्य दुई प्रकारका विश्वव्यापी स्वास्थ्य आपत्काल लागू छन् ।  मंकीपक्स भाइरसका कारण यो रोग लाग्छ । यो भाइस पहिलो पटक सन् १९५० मा मध्यअफ्रिकामा देखा परेको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १२ : ५९ बजे