२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ह्वातै बढ्यो कोरोना संक्रमण, ५६८ कोरोना संक्रमित थपिए, काठमाडौंमा मात्रै २९५ जना



९ साउन ०७९, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५६८ जना कोभिड १९ संक्रमित थपिएका छन् । चार हजार ८०७ वटा नमुना परीक्षण गर्दा ५६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज एकजना संक्रमितको ज्यान गएको छ भने ९५ जना संक्रमणमुक्त भएका छन् । काठमाडौं उपत्यकामा २९५ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा २४२, भक्तपुरमा १७ र ललितपुरमा ३६ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या दुई हजार ४१९ पुगेको छ ।

आज ४१ जिल्लामा कोभिड १९ संक्रमित देखिएका छन् । आज देशभर रहेका तीन हजार ५३४ जना सक्रिय संक्रमितमध्ये तीन हजार ४०७ जना होम आइसोलेसनमा र १२७ जना संस्थागत आइसोलेसन छन् । अस्पतालमा रहेकामध्ये २७ जना आईसीयूमा र दुईजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ५ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।