४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महालक्ष्मीमा जग्गा कित्ताकाट खोल्न माग गर्दै समाजवादीले बुझायो ज्ञापनपत्र




९ साउन ०७९,ललितपुर । जग्गा कित्ताकाट खोल्नु पर्ने माग गर्दै महालक्ष्मी नगर कमिटि नेकपा (एकृकित समाजवादी)ले महालक्ष्मी नगरका मेयर हरिगोविन्द श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ ।
सो नगर कमिटीका अध्यक्ष नकुल थापाले आज प्रमुख हरिगोविन्द श्रेष्ठलाई नगरपालिका भित्रका जग्गाको वर्गिकरण सम्बन्धमा उक्त ज्ञापनपत्र बुझाएका हुन् ।
उक्त ज्ञापनपत्रमा सो नगरपालिकाका सबै जग्गाहरु कित्ताकाटबाट रोकिएको र जनताले आफ्नो जग्गा टुक्राएर बिक्रि बितरण गर्न तथा पारिवारिक अंशबण्डा एवं दान वकस आदि गर्नबाट बञ्चीत हुनुपरेकाले आफ्ना घर व्यवहार चलाउनका साथै उद्योग व्यवसायको लागि पुँजी व्यवस्था गर्न नसकेको उल्लेख गरिएको छ ।
त्यसैगरी नगरपालिका भित्रका सबै जग्गाहरुलाई ऐन तथा नियमावली बमोजिम पूर्ण रुपमा वर्गिकरण नगरिए सम्मका लागि भू–उपभोग नियमावली, २०७९ को नियम ५ को उपनियम ७ बमोजिम ‘गैह् कृषि क्षेत्र’ वा आवाशिय क्षेत्र कायम गरी सोको जानकारी सबै वडा कार्यालयहरुलाई गराएर कित्ताकाटको लागि वडा कार्यालयहरुबाट भू उपयोग परिषदको निर्णय सहितको सिफारिस हुने व्यवस्था मिलाई जनतालाई कित्ताकाट सम्बन्धी समस्याबाट उन्मूतिm प्रदान गर्न सो पत्रमार्फत माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै मेयर श्रेष्ठले छिट्टै सो समस्या समाधान गर्न पहल गर्ने बताए । यसैगरी अध्यक्ष थापाले आफूहरुले पनि सकारात्मक जवाफको अपेच्छा गरिरहेको धारणा व्यक्त गरे ।

 

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ७ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।